काठमाडौं । अमेरिकी डलरको मूल्य घटबढ जारी छ। आज अमेरिकी डलरको विनिमय दर घटेर खरिद दर १५३ रुपैयाँ २० पैसा र बिक्री दर १५३ रुपैयाँ ८० पैसा छ।

युरोपियन युरो र पाउण्डको मूल्य पनि घटेको छ। युरोको खरिद दर १७५ रुपैयाँ ७९ पैसा र बिक्री दर १७६ रुपैयाँ ४८ पैसा छ।

त्यस्तै, पाउण्डको खरिद दर २०५ रुपैयाँ २३ पैसा र बिक्री दर २०६ रुपैयाँ ०४ पैसा छ। स्वीस फ्र्यांक, क्यानेडियन डलर, सिंगापुर डलर, अष्ट्रेलियन डलर, जापानी येनको विनिमय दर पनि घटेको छ।